नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध आरोपपत्र दायर

नेपालभ्युज

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक शिक्षिकाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले मंगलबार तनहुँको व्यास नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

पौडेलले भारतको वाराणसीबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा अनुचित लाभ लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved