महिलालाई हुन्छ यी पाँच रोगको धेरै खतरा

नेपालभ्युज

महिलालाई हुन्छ यी पाँच रोगको धेरै खतरा

एजेन्सी । पुरुषको तुलनामा कतिपय रोगको खतरा महिलालाई धेरै हुने गर्छ । कयौंपटक जानकारीको अभावले पनि महिला रोगको शिकार हुने गर्छन् । यस लेखमा जानौं विशेषगरी महिलामा देखिने पाँच रोगबारे –

पोलिसिस्टिक ओवरी सिन्ड्रोमले महिलाको हर्मोन लेवलमा नराम्रो असर गर्छ । यसले गर्दा महिलामा अनियमित महिनावारी, छालामा रौं बढ्ने तथा मधुमेह जस्ता समस्या  देखिने गर्छन् ।

महिलालाई ब्रेस्ट क्यान्सर हुने खतरा हुन्छ । जसले गर्दा ब्रेस्टको आकारमा परिवर्तन, ब्रेस्ट वरिपरि गाँठो निस्कने जस्ता समस्या हुन्छ । यस्तो समस्या देखिएमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्दछ ।

कोरोनरी आर्टरी डिसेक्शनको कारणले रक्तनली टुक्रिन्छन् जसले गर्दा मुटुसम्म रगत पुग्न समस्या हुन थाल्छ । यो रोग प्रायः ४० देखि ५० को उमेर समूहका महिलामा अत्यधिक देखिने गर्छ । यस्तो हुँदा छाती दुख्ने, काँधमा दुखाई तथा पसिना आउने जस्ता लक्षण देखिन्छन् ।

एचपीवीको कारणले सर्वाइकल क्यान्सरको समस्या हुन सक्छ । सर्वाइकल क्यान्सर तल्लो पेटमा हुने गर्छ । तपाईंलाई महिनावारी नभई पनि रक्तश्राव भइरहेको छ भने सर्वाइकल क्यान्सरको कारण हुन सक्छ ।

शरीरमा भाइरसले हमला गर्दा इम्यून सिस्टमले भाइरसलाई नष्ट गर्नका लागि आक्रमण गर्छ । यही स्थितिमा अटोइम्यून डिजीज पैदा हुन्छ । यो हुँदा दुखाई, ज्वरो आउने र छाला पोल्ने जस्ता लक्षण देखिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved