राजस्व छलीको आरोपमा पचरौता नगरपालिकाका वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

राजस्व छलीको आरोपमा पचरौता नगरपालिकाका वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका वडा नं ४ का वडाध्यक्ष कन्हैयालाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पचरौता ४ मा रहेको कच्ची वा पक्की सडक बाटो नभएको खेतीयोग्य जमिन रहेको भनी गलत सिफारिसको आधारमा राजस्व छली गरेको आरोपमा बिहीबार काठमाडौं विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोप पत्रमा यादवसहित जग्गा बिक्रीकर्ता बिध्या यादव, जग्गा खरिदकर्ता बृजकिशोर प्रसाद यादव र अवधकिशोर प्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

साथै, उनीहरुविरुद्ध ८ लाख ११ हजार ९५१ रुपैयाँ बिगोसहित सजाय माग गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved