नयाँ सरकार गठनप्रति नेसपा : सत्ता स्वार्थको लागि सरकार परिवर्तन गर्नु सकारात्मक होइन

नेपालभ्युज

नयाँ सरकार गठनप्रति नेसपा : सत्ता स्वार्थको लागि सरकार परिवर्तन गर्नु सकारात्मक होइन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले सत्तामा लिप्त हुने प्रवृतिले देशलाई राजनीतिक अस्थिरता, निराशा तथा पश्चगमनतर्फ धकेल्ने जनाएको छ ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेसपाले सत्ता स्वार्थका लागि सरकार परिवर्तन गर्ने कार्यलाई पार्टीले सकारात्मक रुपमा नलिने उल्लेख गरेको छ ।

‘प्रतिगमन विरोधी आन्दोलनको जगमा लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन विघटन भएर नयाँ गठबन्धनसहित पुष्पकमल दाहाल प्रचण्को नेतृत्वमा पुनः नयाँ सरकार बनेको छ, यस घटनाप्रति नेपाल समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सत्ता स्वार्थका लागि सरकार परिवर्तनलाई हाम्रो पाटीले सकारात्मक रुपमा लिन सक्दैन र यस प्रकारको कुर्सीका खेलप्रति नेपाली जनताको रुची र चासो छैन ।’ नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

संघीयता, समावेशिता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रणालीसहितको संविधान र लोकतन्त्रको जगेर्ना गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको पार्टीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved