सत्ता गठबन्धनको बैठक स्थगित भएपछि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक स्थगित भएपछि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं । सत्ता गठबन्धनको बैठक स्थगित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

बिहान ८ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक अचानक स्थगित गरिएको थियो । त्यसलगत्तै प्रधानमन्त्रीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् ।

देउवाले प्रधानमन्त्रीसँग अहिलेकै गठबन्धन कायम राख्न आग्रह गरेका छन् । उनले राष्ट्रियसभा अध्यक्षको दाबी समेत छाड्न तयार रहेको प्रचण्डलाई जानकारी गराएको कांग्रेस निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड एकाएक एमालेसँग नजिकिएपछि देउवाले अहिलेको गठबन्धन बचाउने अन्तिम प्रयास गरेका हुन्।

देउवाको प्रस्तावमा प्रचण्डले अब धेरै ढिला भइसकेको जवाफ दिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved