मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

नेपालभ्युज

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं। साविक विजेता मछिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबलको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा टाईब्रेकरमा मछिन्द्रले न्यू रोड टिम एनआरटीलाई टाईब्रेकरमा ५–४ ले पराजित गरेको हो।

टाइब्रेकरमा एनआरटीका विवेक गुरुङले अन्तिम पेनाल्टीमा गोल गर्न चुकेसँगै मछिन्द्रले उपाधि जितेको हो।

निर्धारित समयमा पनि खेल गोलरहित बराबरीमा सकिएसँगै खेल टाईब्रेकरमा प्रवेश गर्यो। विजेता टोली मछिन्द्रले ११ लाख रुपैयाँ जितेको छ। उपविजेता एनआरटीले भने ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

खेलमा नेपालका ७ वटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाएका छन्। नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता रहेको थियो।

उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५० र ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved