गर्भावस्थामा काजु खाँदा हुने फाइदा

नेपालभ्युज

गर्भावस्थामा काजु खाँदा हुने फाइदा

काठमाडौं । त्यसो त काजु हरेक अवस्थामा खानु फाइदाजनक हुन्छ । तर, विशेषगरी गर्भावस्थामा महिलाले काजु खाँदा शरीरमा विभिन्न फाइदा हुन्छन् ।

गर्भावस्थामा विभिन्न भिटामिन तथा मिनरल्सको आवश्यकता पर्ने हुँदा काजु खानु लाभदायक मानिन्छ । जानौं यसका फाइदाबारे-

गर्भावस्थामा महिलामा थकान तथा कमजोरी हुन्छ । यस्तोमा काजु खाँदा शरीरमा ऊर्जा आउँछ । यसमा म्याग्नेसियम, कार्बोहाइड्रेट र कपर जस्ता तत्व हुने गर्दछन् जसले शरीरमा ऊर्जा दिन्छ ।

गर्भवती भएको बेला महिलामा एनीमिया हुने खतरा रहन्छ । काजुमा आइरन हुन्छ जसले शरीरमा रक्तकोषिकाको उत्पादनमा सहयोऊ गर्छ । जसका कारण एनीमियाको खतरा कम हुन्छ ।

काजु खाँदा पेट सम्बन्धी कयौं समस्या जस्तै ग्यास, अपच, पेट फुल्ने कम हुन्छ । काजुमा फाइबरको मात्रा हुन्छ, जसले पेट फुल्ने सँगै मलत्याग गर्दा हुने समस्यालाई पनि कम गर्छ ।

काजुमा राम्रो मात्रामा म्याग्नेशियम र फस्फोरस जस्तो तत्व पाइन्छ । जसले हड्डीलाई स्वस्थ र बलियो बनाउने काम गर्छ । यो खाँदा ओस्टियोपोरोसिसको समस्या पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved