पुलिसविरुद्ध फराकिलो जितसँगै मछिन्द्र सेमिफाइनलमा

नेपालभ्युज

पुलिसविरुद्ध फराकिलो जितसँगै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं। मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा क्रिकेट मैदानमा मंगलबार भएको क्वार्टरफाइनल खेलमा पुलिसलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो।

साविक विजेता मछिन्द्रका लागि क्रिस्टोफर चिजोबा र स्टेफेन विनोङले गोल गरे। खेलको ५ औं मिनेटमा चिजोबाले मछिन्द्रका लागि गोल गर्दै अग्रता दिलाए। ६ औं मिनेटमा विनोङले मछिन्द्रका लागि दोस्रो गोल गरे। ११ औं मिनेटमा चिजोबाको गोलले मछिन्द्रको लागि तेस्रो गोल गरे। ३७ औं मिनेटमा भने वजिले नेपाल पुलिस क्लबका वाजिले आत्मघाती गोल गरे।

बिहीबार सेमिफाइनलको दुवै खेल हुनेछन्। अब पहिलो सेमिफाइनलमा न्यू रोड एफसी र जावलाखेल एफसीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइन्लमा मछिन्द्र र मानेभञ्ज्याङ एफसी आमने सामने हुनेछन्।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने दशरथ रंगशालामा खेलाइने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved