नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता, सुत्केरी खोज्दै प्रहरी

नेपालभ्युज

नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता, सुत्केरी खोज्दै प्रहरी

काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी आमा बेपत्ता भएकी छन् । शुक्रबार जन्मेको शिशुलाई छाडेर लगतै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाले बताए ।

महिलासँगै उनकी सासू पनि सम्पर्कविहीन छन् । महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगन्ज’ टिपाएकी थिइन् ।

नाम र ठेगाना समेत गलत टिपाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

देख्नेहरूले भने शिशुलाई जन्मदिएकी महिला र सासूबीच अस्पतालमा झगडा भएको थियो । छोरी जन्माएको भन्दै सुत्केरीलाई सासुले गाली गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved