केपी ओली कप फुटबल : थ्री स्टारलाई हराउँदै एनआरटी सेमिफाइनलमा

नेपालभ्युज

केपी ओली कप फुटबल : थ्री स्टारलाई हराउँदै एनआरटी सेमिफाइनलमा

काठमाडौं। न्यू रोड टिम एनआरटी केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटीले थ्री स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो।

एनआरटीका लागि विवेक गुरुङले निर्णायक गोल गरे। उनले खेलको २८ औं मिनेटमा गोल गरे।

आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब ३ बजे आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved