फुटबलर मनिष डाँगीको घरमा चोरी गर्ने पक्राउ

नेपालभ्युज

फुटबलर मनिष डाँगीको घरमा चोरी गर्ने पक्राउ

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई एक सातापछि पक्राउ गरेको हो। ललितपुर इमाडोलको बासुकी टोलमा रहेको मनिषको तीन तले घरबाट गत फागुन ६ गते चोरी भएको थियो ।

नगद, गरगहनासमेत गरी करिब ४५ लाख रुपैयाँ चोरी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

चोरीमा संलग्न रहेको आरोपमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङलाई पक्राउ गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved