गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग, सुनसरीबाट नियन्त्रणमा

नेपालभ्युज

गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग, सुनसरीबाट नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको टोलीले चतराबाट सूर्यकुण्ड जाने भित्री सडकबाट को१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved