केपी ओली कपमा आज दुईवटा खेल हुँदै

नेपालभ्युज

केपी ओली कपमा आज दुईवटा खेल हुँदै

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज दुईवटा खेल हुँदैछन् । बिहान साढे ११ बजेदेखि सुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार भिड्नेछन् ।

दिउँसो ३ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक केपी ओली एफसीले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा १० वटा टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved