प्रधानमन्त्री प्रचण्ड आज दिनभर मधेसका विभिन्न जिल्लामा व्यस्त

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड आज दिनभर मधेसका विभिन्न जिल्लामा व्यस्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मधेसका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आज सर्लाहीमा सुरु हुने शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्ने छन् ।

सर्लाहीको बागमती नगरपालिकाले गर्न लागेको बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सर्लाही जान लागेका हुन् ।

दिउँसो २ बजे बागमती नगरपालिका– ११ कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने महोत्सवको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

बागमती नगरपालिकाले पहिलोपटक शैक्षिक महोत्सव गर्न लागेको हो । महोत्सवमा ३ हजार विद्यार्थीले देशका सातै प्रदेशको सांस्कृति झल्किने ७८ मिनेट लामो नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

सर्लाहीको कार्यक्रमअघि प्रधानमन्त्री प्रचण्डले सिराहा र धनुषामा पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved