मह र ल्वांगको मिश्रणले हामीलाई कस्तो फाइदा गर्छ ?

नेपालभ्युज

मह र ल्वांगको मिश्रणले हामीलाई कस्तो फाइदा गर्छ ?

एजेन्सी । महमा एन्टीअक्सीडेन्ट्स एकदमै धेरै पाइन्छन् । त्यस्तै ल्वांगमा पनि म्याग्नीज, भिटामिन के, आइरन, प्रोटिन जस्ता आवश्यक पोषक तत्वहरु पाइन्छन् । यी दुबैलाई साथमा मिसाएर खाँदा पनि स्वास्थ्यमा विभिन्न फाइदाहरु पाउन सकिन्छ ।

खोकी
यदी तपाईं खोकीले ग्रस्त हुनुहुन्छ भने तपाईं सुत्नु अघि महसँग दुईवटा ल्वांग खानुहोस् । यसले कफबाट राहत पाउन सकिन्छ ।

तौल
यदी तपाईं तौल कम गर्न चाहनुभएको छ भने बिहानको समयमा तपाईं ल्वांगसँग मह सेवन गर्नुहोस् । यसले मेटाबोलिज्म बुस्ट हुन्छ ।

मुखको घाउ
ल्वांगमा भएका एन्टी इन्फ्लामेटरी तथा एन्टीसेप्टिक गुणहरुले मुखमा हुने घाउहरुलाई निको पार्छ । ल्वांग र महको मिश्रण घाउमा लगाउने तथा खाने गरेमा निको हुन्छ ।

स्वस्थ लिवर
मह र ल्वांगको मिश्रणले लिवरलाई डिटक्सीफाइ गर्न पनि सहयोग गर्छ । यी दुबैलाई साथमा खाँदा लिवरको स्वास्थ्य पनि राम्रो हुन्छ ।

पाचन प्रणाली
महमा प्रीबायोटिक तथा प्रोबायोटिक गुणहरु पाइन्छन् । यसलाई ल्वांगसँग खाँदा पाचन प्रणालीमा पनि सुधार हुन्छ र पाचन प्रक्रिया बलियो हुन्छ ।

छालाका लागि
यी दुबैको मिश्रण छालाका लागि पनि एकदमै लाभदायक हुन्छ । यो मिश्रणलाई खाँदा छालामा चमक आउनुका साथै मोइस्चर पनि दिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved