काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको घटनामा सबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्ने राजुले घिमिरेले हत्या गरेको भनिएका श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको शव शिक्षण अस्पताल पठाइएको हो ।
घटनाको सूचना पाएलगतै प्रहरीले राजुको खोजी गरेको थियो ।
तर, घरभन्दा केही पर उनको शव भेटिएको छ ।
श्रीमती, छोरी र नातिनीलाई ओछ्यानमै मारेर छोरा र सालोलाई पठाए राजुले घटनाको भिडिओ
नागार्जुन–५ सितापाइला हरिसिद्धीकी सुधा तामाङको घरभन्दा केही माथि ढल्किएको रुखमा उनले झुन्डिएर आत्महत्या गरेका उनको शव पनि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ ।
घटनास्थलमा स्थानीयको भीड लागेका छ । घटनास्थलमा आफन्तहरू पनि आएका छन् ।
Facebook Comment
Comment