एजेन्सी । फलफूलको सेवन सबैका लागि एकदमै फाइदाजनक तथा स्वस्थकर हुन्छ भन्नेमा कसैको पनि दुई मत छैन ।
तर, के तपाईंलाई थाहा छ ? फलफूलबाट अत्यधिक लाभ प्राप्त गर्न यसलाई सही समयमा सहि तरिकाले खान पनि जरुरी हुन्छ ।
विभिन्न सोध तथा अनुसन्धानबाट यो पत्ता लागेको छ कि उच्च फ्रुक्टोज हुने भएकाले फल खाने सबैभन्दा राम्रो समय बिहानलाई मानिन्छ । यो खानासँगै भन्दा पनि छुट्टै खानु सबैभन्दा राम्रो मानिन्छ ।
धेरै अध्ययनमा केही फल चिसो हुने भएकाले साँझमा खाँदा एलर्जी पनि हुन सक्छ । त्यसैले फलफूल विशेषगरी बिहान र दिउँसोमा खानु स्वस्थकर मानिन्छ ।
त्यस्तै फलहरुलाई ताजा तथा सिधै खाँदा एकदमै फाइदाजनक हुन्छ । यसको जुस बनाएर खानुभन्दा सिधै खाँदा शरीरले धेरै फाइदा प्राप्त गर्छ । जुस बनाएर पिउँदा आवश्यकताभन्दा धेरै पोषक तत्वले शरीरलाई कतिपय अवस्थामा उल्टो असर पनि गर्न सक्छ ।
Facebook Comment
Comment