बालिका बलात्कार आरोपमा माओवादीका पूर्वकमाण्डर पक्राउ

नेपालभ्युज

बालिका बलात्कार आरोपमा माओवादीका पूर्वकमाण्डर पक्राउ

काठमाडौं । बालिका बलात्कार आरोपमा माओवादीका पूर्व लडाकु कमाण्डर पक्राउ परेका छन् ।

मकवानपुरकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली मरिन गाउँपालिका-७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

गत मंसिर दोस्रो साता पीडित पक्षले उजुरी दर्ता गरेको थियो । फागुन ४ गते श्रेष्ठलाई पक्राउ गरेर पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।

जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजनका कमाण्डर थिए । उनी शान्ति प्रक्रिया अघि बढेपछि माओवादी लडाकुलाई राखिएको दुधौली शिविरमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved