प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार

नेपालभ्युज

प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार

काठमाडौं । प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवा छन् ।

तिरुवाले प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर माघ ७ गते काठमाडौंको सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

घटनाबारे अनुसन्धान सकेर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भैसकेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved