आज प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा

नेपालभ्युज

आज प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा आज फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।

यसपालि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन सरकारले आह्वान गरेको छ भने आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ ।

प्रजातन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायत सरकारका उच्च पदस्थहरूको सहभागी हुनेछ ।
फागुन ७ गतेकै जगमा टेकेर वि.सं २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको थियो भने वि.सं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान जारी भएको थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved