कमजोर कपालका लागि रोजमेरीको तेल

नेपालभ्युज

कमजोर कपालका लागि रोजमेरीको तेल

एजेन्सी । कपालको समस्या अहिले धेरै मानिसलाई हुने गर्छ । कसैको कपाल झर्ने समस्या, कसैको चायाँ पर्ने, कसैको कपाल टुक्रिने खालका समस्याले हरेक दोस्रो व्यक्ति पीडित देखिन्छ ।

यस्तोमा विभिन्न उपायमध्ये एउटा हो रोजमेरीको तेलको प्रयोग । रोजमेरी कपाल सम्बन्धी समस्याका लागि एकदमै राम्रो मानिन्छ । यसलाई नरिवलको तेलसँग मिसाएर पनि लगाउन सकिन्छ । जसका विभिन्न फाइदा छन् ।

रोजमेरी र नरिवलको तेलको मिश्रण लगाउँदा यसले कपाल लामो बनाउन सहयोग गर्छ । जसको एकदमै ढिला कपाल बढिरहेको छ त्यस्ता व्यक्तिले रोजमेरी र नरिवलको तेल मिसाएर हप्तामा दुईपटक लगाउँदा फाइदा पुग्छ ।

यदि तपाईंको कपाल एकदमै झरिरहेको छ भने पनि नरिवल र रोजमेरीको तेल मिसाएर कपालमा लगाउनुहोस् । यसमा हुने पोषक तत्वले कपाल झर्न रोक्छ ।

रोजमेरी र नरिवलको तेल स्काल्पमा लगाउँदा एलर्जी पनि कम हुन्छ । यसमा एन्टीइन्फ्लामेटरी गुण हुन्छ, जसले एलर्जी कम गर्छ ।

ड्यामेज भएको कपालमा पनि रोजमेरी र नरिवलको तेल प्रयोग गरेर पुनः राम्रो बनाउन सकिन्छ । यसको नियमित प्रयोगले कपाल सुन्दर तथा चम्किलो हुँदै जान्छ ।

यदि चाँयाको समस्या छ भने पनि यी दुई तेलको मिश्रण एकदमै फाइदाजनक हुन्छ । नियमित रोजमेरी र नरिवलको तेल मिसाएर मालिस गरेमा चायाँको समस्या पनि कम हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved