काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीको नारीघाटमा भएको जीप दुर्घटनामा एक युवाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिदा चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ का ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन् ।
घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comment
Comment