इङ्लिस प्रिमियर लिगमा लिभरपुल पहिलो र आर्सनल दोस्रो स्थानमा

नेपालभ्युज

इङ्लिस प्रिमियर लिगमा लिभरपुल पहिलो र आर्सनल दोस्रो स्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले एक÷एक गोलको बराबरी खेलेका छन् । चेल्सीले खेलको पहिलो हाफमा बनाएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा सिटी र चेल्सीले अंक बाँडेका छन् ।

सिटी २४ खेलबाट ५३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । चेल्सी २५ खेलमा ३५ अंकसहित दशौँ स्थानमा छ । यस्तै, हिजो भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई हराएको छ । ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ गोलले हराएको हो ।

जितसहित लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग दुई अंकको अग्रता बनाएको छ । लिभरपुलले २५ खेलबाट ५७ अंक जोडेको छ ।

समान खेलमा आर्सनलको ५५ अंक भएको छ । आर्सनलले बर्नलीलाई ५–० गोलले हराएको हो । यस्तै, उल्भ्सले टोटेनहमलाई २–१ गोलले पराजित गर्दा एस्टन भिल्लाले फुलह्यामलाई २–१ गोलले हराएको छ ।

यस्तै, नटिंघम फरेस्टले वेस्ट ह्यामलाई २–० गोलले पराजित गरेको छ । न्युक्यासल युनाइटेड र बर्नमाउथले भने २–२ को बराबरी खेलेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved