कवि सेरेङको ‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ सार्वजनिक

नेपालभ्युज

कवि सेरेङको ‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीति संग्रह  ‘कलाका अन्तर्मन’ र गीति भिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ ।

शनिबार आयोजीत समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृति सार्वजनिक गरेका हुन । अढाइ दशकदेखि कर्मथलो हङकङ बनाएकी सेरेङको यो पहिलो कृति हो । पुस्तक कृतिभित्र १ सय १५ शीर्षकका गीत तथा कविता रहेका छन् ।

संग्रहमा परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु बनाइएको छ। मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रिती जस्ता शब्द उनका कवितामा उनिएका छन् ।

कवि सेरेङको ‘अतितका यादहरू’ गीति भिडियोलाई संगीतकार बीबी अनुरागीले संगीत र गायिका अन्जु पन्तले आवज दिएकी छिन्।

उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका ९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ ।

त्यसमा कला सेरेङ र सीएम सुनुवारले अभिनय गरेका छन। सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायक समेत हुन् । उनले थुप्रै म्युजीक भिडियोमा अभिनय समेत गरेका छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved