नाभाल्नीको मृत्युमा रुससहित विश्वभर विरोध प्रदर्शन

नेपालभ्युज

नाभाल्नीको मृत्युमा रुससहित विश्वभर विरोध प्रदर्शन

काठमाडौं। रुसको जेलमा एलेक्सी नाभाल्नीको मृत्यु भएसँगै विश्वको विभिन्न सहरमा विरोध तथा श्रद्धाञ्जली भइरहेको छ।

राजनीतिक अभियन्ता नाभाल्नीका समर्थकहरु विश्वका प्रमुख सहरमा रहेका रुसी राजदुतावासअगाडि जम्मा भएका छन् । समर्थकहरुले लन्डन, पेरिस, जेनेभा र न्यूयाेर्कमा प्रदर्शन गरेका छन् ।

जर्मनीकाे राजधानी बर्लिनमा भएको प्रदर्शनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आवाज उठाए । लण्डनस्थित रुसी राजदूतावासमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरु ‘नभाल्नी हाम्रो हिरो हुन्’ जस्ता संकेतहरु लिएर प्रदर्शनमा उत्रिएका थिए ।

जेनेभास्थित संयुक्त राष्ट्रअगाडि १०० जनाभन्दा बढी मानिस उभिएका थिए । नाभाल्नीको पोट्रेटमा सबैले फूल पनि चढाए । नाभाल्नीको मृत्युविरुद्ध रुसमा पनि विरोध भइरहेकाे छ।

रुसकाे राजधानी मस्को र सेन्ट पिटर्सबर्गस्थित स्मृतिहरुमा पनि मानिसहरुले फूल अर्पण गरेका छन् । साथै, रुसका सहरहरुमा भएकाे  विरोधमा १०० भन्दा बढी व्यक्तिलाई  प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।

नाभाल्नीको श्रीमती युलियाले  श्रीमानको मृत्युबारेको खबरमा सत्य भएको वा नभएकोबारे आफु अनविज्ञ रहेको बताइन् । यदि मृत्यु भएमा त्यसको कारण पुटिन हुने युलियाले बताइन् ।

नाभाल्नीको टोलीले उनको वकिललाई कारगारमा पठाउने तयारी गरेको छ । यससँगै विश्वबाट नै नेताहरुले नाभाल्नीको मृत्युबारे विभिन्न टिका-टिप्पणी गरेका छन्।

अमेरिका राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार भएको प्रतिक्रिया दिए । बेलायतका विदेश सचिव डेभिड क्यामरुनले सो मृत्युको परिणामहरु देखिने  टिप्पणी गरे ।

यूक्रेनका राष्ट्रपथि भोलोदिमिर जेलेन्स्कीले नाभाल्नीलाई पुटिनले मारेको आरोप लगाए ।

शुक्रबार नाभाल्नीको ४३ वर्षको उमेरमा मृत्यु भएको थियो । फाइनान्सियल टाइम्सका अनुसार शुक्रबार जेलभित्रै हिँडेक्रममा उनी एक्कासी बिरामी परेका थिए । बेहोस भएका उनको त्यही मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।

डाक्टरहरु तुरुन्तै पुगेपनि बचाउन नसकिएको दाबी प्रशासनको छ । नाभाल्नीले १९ वर्षको जेल सजाय काटिरहेका थिए । उनी सन् २०२१ मा जेल परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved