काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको अवधि तेस्रो पटक थपे गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अतिविशिष्ट पदाधिकारी बसोबास गर्ने तथा कार्यालयलगायत आसपासका क्षेत्र रहेकाले निषेधित क्षेत्र तोकेको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि प्रशासन कार्यालयले गत मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गर्दै निषेधित क्षेत्र तोकेको थियो ।
त्यसपछि दोस्रो पटक पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो । प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म, शितल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको थियो।


Facebook Comment
Comment