एजेन्सी । फिट रहन एलन मस्क आफ्नो खानपान र कसरतमा विशेष ध्यान दिने गर्छन् । यसअघि इन्टरमिडियट फास्टिंगको सहयोगमा एलन मस्कले नौ किलो वजन घटाएका थिए ।
एलन मस्क ट्रेडमिलमा दौडनुका साथै वेटलिफ्टिंग स्क्वाट्स, पुसअप्स तथा प्लांक गर्न मन पराउँछन् । त्यस्तै जिममा हाई इन्टेसिटी वर्कआउट र अन्य कसरत गरेर क्यालोरी बर्न गर्न पनि ध्यान दिन्छन् ।
एलन मस्क बाहिरको अस्वस्थकर खानाको साटो घरमै बनाएको भोजन गर्न रुचाउँछन् । फलफूल, हरियो तरकारी, ड्राई फ्रुट्सका साथै दिनको सुरुआत स्वस्थ खानपानबाट गर्न रुचाउँछन् ।
यसरी खानपान, कसरत तथा दिमागलाई सधैं ऊर्जावान बनाइराख्ने भएकाले उनी जवान देखिन्छन् । डिजिटल संसारमा प्रगति गर्दा पनि उनी आफूलाई जतिबेला पनि डिजिटल सामग्री प्रयोग गरेर व्यस्त राख्दैनन् । प्रकृतिसँग रहेर काम अगाडि बढाउन रुचाउने उनको भनाई छ ।
Facebook Comment
Comment