सोमपालले लिए एकै ओभरमा दुई विकेट

नेपालभ्युज

सोमपालले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाविरुद्ध नेपालले चौथो विकेट लिएको छ । सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले चौथो विकेटका रुपमा नामिबियाका जान फ्राइलिङ्कलाई ३४ रनमा आउट गरे ।

उनले त्यही ओभरमा नामिबियाका कप्तान गेहेरार्ड ह्रास्मसलाई ८ रनमा आउट गरेका थिए ।

नेपालका लागि ललित राजवंशीले पनि २ विकेट छन । १३३ रनको लक्ष्य पछ्याउँदै नामिबियाले ब्याटिङ गरिरहेको छ।

नेपालले चार विकेट लिए पनि लक्ष्य कम भएकाले नामिबिया जिततर्फ उन्मुख भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved