काठमाडौं । ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ परेका छन् ।
सिरहाको लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव पक्राउ परेका हुन् ।
उनले १५ वर्षीया बालिकालाई बुधबार दिउँसो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेको छ ।
बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेको र राति १२ बजेमा घटनाबारे जानकारी पाएपछि पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए ।
बलात्कृत बालिका अत्यधिक रक्तस्राव भएर बेहोस भएकी थिइन् । उनको अवस्था गम्भीर छ ।
उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।
अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment