बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगितामा गौतम प्रथम

नेपालभ्युज

बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगितामा गौतम प्रथम

काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताका उत्कृष्ट भएकाहरूलाई पुरस्कार प्रदान गरेको छ ।

प्रतियोगितामा वेद विद्याश्रम माविका सदासय गौतम प्रथम भएका छन् । यसै गरी सरस्वती माविकी अदिती तिमिल्सिना द्वितीय र इष्टपोल स्कुलकी प्रियमशा कार्की तृतीय भएका छन् ।

त्यसै गरी आर्याभा निरौला, महादेव पाण्डेय र दृस्टि सत्यालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुनुलाई २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरियो । सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरूलाई प्रमाणपत्रसहित एक हजार रुपैयाँ प्रदान गरियो ।

वरिष्ठ कवि प्रह्लाद पोख्रेलको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उपत्यकाभित्रका ४४ जना विद्यार्थी सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved