विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

नेपालभ्युज

विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका उनीहरुलाई अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बुधबार म्याद थपका लागि दुवै जनालाई विशेष अदालतमा पेश गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ १० गते उनीहरुलाई पक्राउ गरेको थियो भने निवासमा छापा मारी कागजातसमेत नियन्त्रणमा लिएको थियो ।

२०८० असोज १५ मा अख्तियारले सुनिलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै, २०८० वैशाखमा विकलसहितका केही व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved