प्रचण्डको आह्वान- तथ्य र तर्कसहित कोही आउनुस्, नेतृत्वमा बसिरहने लोभ छैन

नेपालभ्युज

प्रचण्डको आह्वान- तथ्य र तर्कसहित कोही आउनुस्, नेतृत्वमा बसिरहने लोभ छैन

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेतृत्वमा रहिरहने लोभ नभएको बताएका छन् ।

मङ्गलबारबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरू भएको पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“कोही कमरेडहरू तथ्य र तर्कसहित आउनुस् । आउनुहुन्छ भने मलाई नेतृत्वमा रहिरहने लोभ छैन,” उनले भने ।

उनले थपे, “फेरि यो मोर्चालाई एकताबद्ध गरौँ । प्रतिक्रियावादीहरूले टाउको उठाउन खोजेका छन् । प्रतिक्रान्तिकारीहरूले टाउको उठाउन खोजेका छन् । हामी सबै एक भयौँ भने यसलाई परास्त गर्न सकिन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved