माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि, १३ सय प्रतिनिधि सहभागी हुने

नेपालभ्युज

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि, १३ सय प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार तीन सय प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहनेछ ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका लागि आवश्यक विधान निर्माणका लागि सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।

सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य थिए । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाईसकेको छ ।

प्रस्तावित विधानमा माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो भने केन्द्रीय समितिको बैठकमा समेत छलफल गरिएको छ । सोमबार सकिएको केन्द्रीय समितिको बैठकमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदामाथि छलफल गर्दै कार्यान्वयनको पक्षमा जोड दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved