सरकारले भन्यो : जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन

नेपालभ्युज

सरकारले भन्यो : जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा नदिएको प्रष्ट पारेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले फागुन १ गतेको बिदा कटौती भएको जानकारी बताएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० माघ २५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९ चैत २) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ ।’

यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले उक्त बिदा नदिने फैसला गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved