माओवादी केन्द्रीय समिति बैठक सुरू

नेपालभ्युज

माओवादी केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

राष्ट्रिय सभागृह भृकुटी मण्डपमा सुरु भएको बैठकमा समसामयिक राजनीति र यसअघि पार्टीले सञ्चालन गरेको चार महिने अभियानको समीक्षा गरिने कार्यसूची छ ।

माओवादीले माओवादीले गत भदौंदेखि ‘जनतासँग माओवादी विशेष अभियान’ संचालन गरेको थियो ।

आइतबारको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । त्यही रिपोर्टमाथि सोमबारको बैठकमा समीक्षा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved