काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गगन पुरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका छन् । सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनका परिवारका ६ सदस्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको पुरी परिवारमाथि आरोप लागेको थियो ।
गगनका दाजु देवकुमार पुरी र मनमाया पुरीले सफाइ पाएका छन् भने कृष्णकुमार पुरी र संगिता पुरीको हकमा भने सम्पत्ति जफतको फैसला भएको छ । गगन भनिने रेवतराज पुरी र सीमा भनिने केशावती पुरीको हकमा ४ करोड भन्दा बढी रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेकोे अदालतको फैसलामा उल्लेख छ ।
६ जनाविरुद्ध परेको मुद्दामा अन्य ४ जनाले सफाई पाएका छन् भने पुरी दम्पती दोषी देखिएका छन् । दुवैको हकमा सजाय निर्धारण हुन बाँकी छ । सजाय निर्धारणका लागि फागुन ६ गते पेशी तोकिएको छ ।
पुरी माओवादीका कोशी प्रदेश कमिटी कोषाध्यक्ष हुन् । विशेष अदालतमा उनीमाथि मुद्दा चलिरहेकै बेला माओवादीले झापा क्षेत्र नम्बर ५ को प्रदेशसभा दुईमा उम्मेद्वार बनाएको थियो ।
Facebook Comment
Comment