फिलिपिन्समा भूस्खलनको दुई दिनपछि दुई बालकको जीवित उद्धार

नेपालभ्युज

फिलिपिन्समा भूस्खलनको दुई दिनपछि दुई बालकको जीवित उद्धार

मनिला ।  दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तका धेरै गाउँहरूमा ठूलो भूस्खलन भएको दुई दिनपछि माटोबाट तीन वर्षीया बालिका र दुई महिने बालकलाई जीवितै उद्धार गरिएको फिलिपिन्स रेडक्रसले शुक्रबार जनाएको छ ।

फिलिपिन्स रेडक्रसका अध्यक्ष डिक गोर्डनले उद्धार गरिएका बालबालिकालाई तुरुन्तै नजिकैको स्थानीय अस्पतालमा लगिएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । माको सहरस्थित एउटा खानी स्थल नजिकै मङ्गलबार राति गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् ।

प्रान्तीय सरकारले सय जना भन्दा बढी बेपत्ता रहेको र उनीहरू पहाडबाट खसेको माटो, चट्टान र रूख मुनि गाडिएको बताएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्यहरु जारी रहेको स्रोतले बताएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved