चीनसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टोलीको घोषणा

नेपालभ्युज

चीनसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टोलीको घोषणा

काठमाडौं। चीनको युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खल्न नेपाली टोलीको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार २३ सदसीय यू–२३ टोली घोषणा गरेको हो। चीनको नयाँ वर्षको अवसरमा हुन लागेको मैत्रीपूर्ण खेल शनिबार दशरथ रंगशालामा आयोजना हुँदैछ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा टोलीले तयारी गराएका हुन्। टोलीको तयारी पोखरामा भईरहेको छ। चेतन घिमिरे सहायक प्रशिक्षक छन्। मनिष तिम्सिनाले भने गोलकिपर प्रशिक्षण गराएका हुन्।

चीनबाट १६ खेलाडीसहित २३ सदस्य टोली नेपाल आएको छ । नेपाल र चीनबीचको युवा टोलीको खेलाडी शनिबार दिउँसो ३ बजे हुनेछ।

एन्फाले साधारणतर्फ २०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मुल्य तोकेको छ।

नेपाली टोली

पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सन्जिब विष्ट, लकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुष घलान, आशिक बाबु, मनिष दांगी, सन्तोष महत, निराजन धामी, अन्जल महर्जन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved