निजी र व्यावसायिक जीवनमा सन्तुलन बनाउने केही टिप्स

नेपालभ्युज

निजी र व्यावसायिक जीवनमा सन्तुलन बनाउने केही टिप्स

एजेन्सी । जीवनमा हामी प्रायः काममा यति धेरै व्यस्त हुन थाल्छौं कि अन्य कुरामा ध्यान नै दिन पाउँदैनौं ।

कयौं पटक व्यावसायिक जीवनलाई सही राख्नु पर्ने भएकाले हामीले व्यक्तिगत जीवनमा धेरै ध्यान दिन पाउँदैनौं । यही कारणले विभिन्न प्रकारका समस्या हुन थाल्छन् । तर, केही टिप्सको सहयोगले तपाईं निजी र व्यावसायिक जीवनलाई एकसाथ सन्तुलित तरिकाले अगाडि बढाउन सक्नुहुन्छ ।

  • कतिपय अवस्थामा हामीले त्यस्ता चीजमा धेरै ध्यान दिन्छौं जसले हाम्रो समय नै बिगारिरहेको हुन्छ । यही कारणले समयको सही व्यवस्थापन गर्नु जीवनमा एकदमै जरुरी हुन्छ ।
  • काम र परिवार दुवैलाई प्राथमिकता दिन जरुरी हुन्छ । कुनै पनि एकलाई बेवास्ता गर्दा वा ध्यान नदिँदा जीवन खराब हुन सक्छ ।
  • तनाव लिँदा पनि हाम्रो व्यावसायिक र व्यक्तिगत जीवन दुवैमा नराम्रो असर पर्दछ । त्यसैले आफूलाई क्रियाशील राखौं र रिल्याक्स गरौं ।
  • हामी काममै यति धेरै व्यस्त हुन थाल्छौं कि आफ्नो लागि समय नै दिन पाउँदैनौं । जसले गर्दा चिडचिडाहट आउन थाल्छ । त्यसैले परिवार र व्यावसायिक जीवन सन्तुलित बनाउन आफूलाई पनि केही समय निकाल्नु पर्दछ ।
  • हरेक कुराको समय तालिका बनाएर अगाडि बढ्नुहोस् । जसले गर्दा काम गर्न सजिलो र छिटो हुनेछ । अलमलको महसुस हुँदैन ।
  • काम र घरलाई सँगै व्यवस्थित गरेर लैजान सञ्चार एकदमै जरुरी छ । कामको बीचमा पनि घर परिवारसँग जोडिरहनु होस् जसले गर्दा एकअर्काप्रति आत्मियता भइरहन्छ ।
  • यदि तपाईंसँग समयको अभाव छ भने केही चीज जस्तै मोबाइल, टिभी, ल्यापटपबाट दुरी बनाउन सक्नुहुन्छ । घरमा यी चीजसँगै व्यस्त भइरहनुको साटो परिवारलाई समय दिनुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved