सोनाम ल्होछारमा गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

नेपालभ्युज

सोनाम ल्होछारमा गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

काठमाडौं । सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको हो ।

गाउँ कार्यपालिकाको कार्यालयले  सांस्कृतिक पर्व मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा माघ २६, २७ र २८ गते तिन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको  हो । गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा जनाइएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved