बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने काम शुरु गरेको छु : अर्थमन्त्री महत

नेपालभ्युज

बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने काम शुरु गरेको छु : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन् ।

बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महतले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने उल्लेख गरे ।

विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने उनको भनाइ छ ।

साथै, श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको महतले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved