निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने

नेपालभ्युज

निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने

काठमाडौं । नेपाल वायुसेवा निगमले मुलुकको पर्यटन प्रवद्र्धनमा बलियो उपस्थिति जनाउने उद्देश्यले दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागेको बताएको छ ।

मंगलवार निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिनको लागि सार्वजनिक खरिद ऐन, नियम बमोजिम सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले जहाज भाडामा दिने कम्पनीले विमान, चालक दल, मर्मतसम्भार, बीमा समेत आफैँले व्यहोर्ने र नेपाल वायुसेवा निगमले बजार व्यवस्थापन गर्ने सम्झौतामा दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागिएको जानकारी दिए ।

उनले निगमको कार्ययोजना अनुरुप हाल निगमसँग भएको दुईवटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य क्षेत्रमा हाल भएका दुइवटा न्यारोबडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकोले दुई वटा जहाज थप गर्न लागेको उल्लेख गरे ।

उनले थप भएका दुई जहाजले अहिले रहेको उडान चापलाई व्यवस्थापन गर्नेगरी दिल्ली, दुबई, दोहा, मलेसिया लगाएतका क्षेत्रमा उडान थप गरी आय बढाउने योजना रहेको बताए ।

उनले जहाज भाडामा लिएपछि भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना निगमको रहेको दाबी गरे । पौडेलले नेपाल सरकारवाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई बिस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव र निगमको दश वर्षे व्यवसायिक योजना अनुरुप बजार बिस्तार गर्नको लागि जहाज थप गर्न लागिएको जिकिरसमेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved