काठमाडौं बिहानैदेखि धुम्म, दिउँसो वर्षा हुने

नेपालभ्युज

काठमाडौं बिहानैदेखि धुम्म, दिउँसो वर्षा हुने

काठमाडौं । बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएसँगै काठमाडौं उपत्यका धुम्मिएको छ । हुस्सु र कुहिरोले ढाकेपछि काठमाडौंमा चिसो बढेको छ । काठमाडौंमा घाम नलागेपछि अन्य दिनको तुलनामा जाडो महशुस भएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौँ उपत्यकाको मौसम आज आंशिक बदली देखिएकाले दिउँसोपख घाम लाग्ने सम्भावना पनि छ । नगरकोटीका अनुसार काठमाडौंमा वर्षाको सम्भावना भने कम छ, वर्षा भयो भने दिउँसोतिर छिटपुटसम्म हुनसक्छ ।

हिजो दिउँसो काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको थियो । पश्चिमी वायु सक्रिय भएसँगै उच्च भेगमा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमको तुलनामा काठमाण्डौसहित मध्य र पूर्वी पहाडी क्षेत्रमा कम वर्षा भएको छ ।

आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज बेलुकीदेखि पानी पर्ने क्रम हट्दै जाने महाशाखाको अनुमान छ । भोलि अपरान्हदेखि मौसममा सुधार हुदै जाने मौसमविद् नगरकोटीले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved