प्रधानमन्त्री कपमा आर्मीले दियो पुलिसलाई १८२ रनको लक्ष्य, विवेकको अर्धशतक

नेपालभ्युज

प्रधानमन्त्री कपमा आर्मीले दियो पुलिसलाई १८२ रनको लक्ष्य, विवेकको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आर्मी ४९.५ ओभरमा १८१ रनमा अलआउट भएको हो ।

४२.५ ओभरमा ९ विकेट गुमाएर १३८ रन बनाएको आर्मीलाई विवेक यादवको ब्याटिङले केही राहत दियो । आर्मीका लागि विवेकले अर्धशतकीय पारी खेले। उनले ८१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाए ।

सोमपाल कामीले ३९, इम्रान शेखले २८ र कुशल मल्लले १७ रनको योगदान गरे। आर्मीका ५ खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।

आर्मीलाई सस्तैमा प्याक गर्न पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए। सागर ढकाल, करण केसी, र कुशल भूर्तेलले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved