अभिनेत्री पुनम पाण्डेको मृत्यु शंकास्पद, परिवारको मौनताले बढायो रहस्य

नेपालभ्युज

अभिनेत्री पुनम पाण्डेको मृत्यु शंकास्पद, परिवारको मौनताले बढायो रहस्य

काठमाडौं । भारतकी अभिनेत्री एवं मोडेल पूनम पाण्डेको मृत्यु भएको उनकै इन्स्टाग्राम ह्याण्डलबाट जानकारी दिइएपछि अनेक खालका चर्चा भइरहेका छन् ।

उनको मृत्यु भएको परिवारले अझै पुष्टि गरेको छैन । यो सँगै थुप्रै प्रश्न उठेका छन् । सामाजिक संजालमा पनि घटनाबारे छानबिनको माग भइरहेको छ ।

समाजिक संजालमा धेरैले उनको मृत्यु भएको भन्नेमै प्रश्न उठाइरहेका छन् । पाण्डेको परिवारका तर्फबाट सार्वजनिक रुपमा अहिलेसम्म केही बताइएको छैन ।

उनको परिवारका कुनै पनि सदस्यले पूनमको मृत्यु भएको पुष्टि नगरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसअघि पूनमको पब्लिक रिलेशन सम्हालेको दाबी गर्ने केही म्यानेजरलाई उदृत गर्दै मृत्यु भएको खबर पुष्टि गर्ने प्रयास भएको थियो ।

बीबीसीसँग पूनमको प्रचार हेर्ने पारुल चावलाले उनी बिरामी भएको आफूलाई थाहा नभएको बताएकी छन् । जबकी पूनमको सर्विकल क्यान्सरबाट मृत्यु भएको बताइएको थियो ।

पूनमको इन्स्टाग्राममा पनि मृत्युको कारण यस्तै बताइएको छ । तर, यसअघि उनलाई क्यान्सर भएको कहिल्लै सार्वजनिक भएको थिएन ।

केही समय अघिका उनका भिडिओमा पनि पूनम तन्दुरुस्त देखिएको भन्दै समाजिक संजालमा ब्यापक प्रतिक्रया व्यक्त भइरहेका छन् ।

क्यान्सर भएको भए उनले केहीदिन अघि यसरि हाँसेर कसरी भिडिओ बनाउन सक्छिन् ? भन्दै थुप्रै भिडिओहरु पनि पोस्ट भइरहेका छन् ।

उनको मृत्यु कानपुरमा भएको बताइएको थियो । तर, कानपुर प्रहरीले पनि यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएको  छ।

कतिपयले लागूपदार्थको अत्यधिक सेवनले उनको मृत्यु भएको समेत बताइरहेका छन् । परिवारको मौनताले यसबारेको रहस्य बढ्दै गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved