अरुण चौधरी पक्राउ परेपछि महासंघले बोलायो आकस्मिक पदाधिकारी बैठक

नेपालभ्युज

अरुण चौधरी पक्राउ परेपछि महासंघले बोलायो आकस्मिक पदाधिकारी बैठक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिकरुपमा पदाधिकारी बैठक बोलाएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायी अरुण चौधरी पक्राउ परेपछि आकस्मिकरुपमा पदाधिकारी बैठक बोलाएका  हुन् ।

बासबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेसँगै निजी क्षेत्रका छाता संगठनहरु आफ्नो धारणा बनाउन केन्द्रीत छन् ।

सोही क्रममा महासंघले साँझ ६ बजेलाई पत्रकार सम्मेलन आयोजना गरेको  महासंघका एक पदाधिकारीले जानकारी दिए । उनले  सरकारले  व्यवसायी पक्राउ गरेर लगानीको वातावरण नै धमिलो पार्न खोजेको आरोप लगाए  ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved