प्रधानमन्त्री कप क्रिकेट

पुलिसको अपराजित यात्रा कायमै, लुम्बिनी १०३ रनले पराजित

नेपालभ्युज

पुलिसको अपराजित यात्रा कायमै, लुम्बिनी १०३ रनले पराजित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई आठौं खेलसम्म निरन्तरता दिएको छ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई १०३ रनले पराजित गरेको हो। २४६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनी ३६.३ ओभरमा १४२ रनमा अलआउट भयो।

लुम्बिनीका लागि दिलसाद अलीले ३६ रन जोड्दा नर सार्कीले ३१ रन जोडे। पुलिसका लागि कुशल भूर्तेलले ३ र करण केसीले २ तथा ललित राजवंशी, सागर ढकाल, राशिद खान, रोशन बुढाल र आरिफ शेखले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको पुलिस ३७.३ ओभरमा २४५ रनमा अलआउट भयो। पुलिसका लागि कप्तान आरिफ शेख र करण केसीले अर्धशतकीय पारी खेले। आरिफले ७६ र करणले ५७ रनको योगदान गरे। कुशल भूर्तेलले भने ४८ रन बनाए।

लुम्बिनीका लागि नर सार्कीले ४ विकेट लिए। वीर मगरले ३ तथा कृष्णा कार्की र अभिषेक गौतमले १–१ विकेट लिए।

लगातार ८ खेलमा जित हासिल गरेको पुलिस १६ अंकसहित शीर्ष स्थानमा छ। ९ खेलमा केवल १ मा जित हासिल गरेको लुम्बिनी २ अंकसहित नवौं स्थानमा रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved