उज्बेकिस्तान कतारमा जारी एशियन कपको क्वार्टरफाइनलमा प्रवेश

नेपालभ्युज

उज्बेकिस्तान कतारमा जारी एशियन कपको क्वार्टरफाइनलमा प्रवेश
Soccer Football - AFC Asian Cup - Round of 16 - Uzbekistan v Thailand - Al Janoub Stadium, Al Wakrah, Qatar - January 30, 2024 Thailand's Supachok Sarachat in action with Uzbekistan's Jamshid Iskanderov REUTERS/Rula Rouhana

काठमाडौं । उज्बेकिस्तान कतारमा जारी एएफसी एशियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जनुब स्टेडियममा मंगलबार भएको खेलमा उज्बेकिस्तानले २–१ ले पराजित गर्दै उज्बेकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

उज्बेकिस्तानले अब सेमिफाइनल प्रवेशका लागि घरेलु टोली कतारविरुद्ध खेल्नेछ । यस्तै, साउदी अरेबियामाथि टाईब्रेकरमा जीत हासिल गर्दै दक्षिण कोरिया पनि क्वाटरफाइनमा प्रवेश गरेको छ ।

गएराति नै भएको खेलमा टाईब्रेकरमा ४–२ को जीत निकाल्दै दक्षिण कोरियाले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अर्को दावेदार टोली अष्ट्रेलियाको सामना गर्ने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved