यू-१९ विश्वकप : सुपर सिक्स खेल्नु अघि नै नेपालको सेमिफाइनल सम्भावना समाप्त

सुपर सिक्समा मंगलबार भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने दौड सकिएको हो । अब नेपालले सुपर सिक्सका दुवै खेल जिते पनि सेमिफाइनल पुग्न सम्भव हुने छैन ।

नेपालभ्युज

यू-१९ विश्वकप : सुपर सिक्स खेल्नु अघि नै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौं । आइसीसी यू-१९ विश्वकपमा सुपर सिक्सको खेल खेल्नु अघि नै नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

सुपर सिक्समा मंगलबार भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने दौड सकिएको हो । अब नेपालले सुपर सिक्सका दुवै खेल जिते पनि सेमिफाइनल पुग्न सम्भव हुने छैन ।

आइसीसीले समूह चरणका खेलको अंक समेत सुपर सिक्समा जोडेपछि नेपाललाई घाटा लागेको हो । भारत र पाकिस्तान दुवै ४ अंकसहित सुपर सिक्स पुगेका थिए । नेपालको अंक थिएन ।

भारत र पाकिस्तानले खेल जितेपछि ६-६ अंक भएको छ । समूह १ बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना देखिएको छ ।

यो समूहबाट नेपालसँगै न्युजिल्याण्ड र आयरल्याण्ड पनि बाहिरिएका छन् । २ अंक भएको बंगलादेशको मात्रै झिनो सम्भावना छ ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा मंगलबार भारतले न्युजिल्याण्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले हराएका हुन् ।

नेपालले बुधबार बंगलादेश र शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved