स्वप्नशास्त्र : सपनामा पटक-पटक एउटै व्यक्ति देख्नुको अर्थ के हो ?

नेपालभ्युज

स्वप्नशास्त्र : सपनामा पटक-पटक एउटै व्यक्ति देख्नुको अर्थ के हो ?

एजेन्सी । हामीले सुतेको बेला विभिन्न प्रकारका सपना देख्ने गर्छौं । केही हामीलाई याद हुन्छन् भने केही बिर्सन्छौं ।

तपाईंले एउटै व्यक्तिलाई पटक पटक सपनामा देख्नुहुन्छ भने जान्नुहोस् स्वप्नशास्त्र अनुसार यसको अर्थ के हुन सक्छ ?

यस्तो भनिन्छ कि तपाईंले पटक पटक कोही व्यक्तिलाई सपनामा देख्नुहुन्छ भने यसको अर्थ ऊ तपाईंको एकदमै नजिक थियो पछि तपाईंसँग टाढा भएको हुनुपर्छ ।

कयौंपटक अफिस, स्कुल वा कलेजमा चलिरहेको तनाव पनि सपनामा देखिन थाल्छन् । यस्तोमा त्यहाँका व्यक्ति पनि तपाईंको सपनामा पटक-पटक आउन सक्छन् ।

यदि तपाईंको कोही व्यक्तिसँग एकदमै धेरै लगाव छ भने पनि त्यस्तो व्यक्ति सपनामा पटक-पटक आउन सक्छ । सपनामा पटक-पटक एक व्यक्तिलाई देख्नु उसप्रति तपाईंको लगाव छ भन्ने बुझिन्छ । वा तपाईंले त्यो व्यक्तिको बारेमा धेरै सोंच्ने गर्नुहुन्छ ।

कहिलेकाँही एकदमै नजिकको व्यक्तिले छोडेर जाँदा पनि धेरै सपनामा आउने गर्छन् । यसले तपाईंलाई मनमा गहिरो प्रभाव परेको हुन सक्छ । जसले गर्दा गुमाएको व्यक्तिलाई तपाईं पटक पटक सपनामा देख्नुहुन्छ ।

यसरी कसैलाई सपनामा पटक पटक देख्नु कुनै समस्या त होइन तर पनि यो तपाईंको भावनासँग जोडिएको हुन सक्छ । भावनात्मक रुपले धेरै जोडिएको मानिस पनि सपनामा आउने गर्छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved